१५ मंसिर, काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज नेपाल आइपुगेका छन् ।
प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौं आइपुगेका हुन् ।
कतार एयरवेजमार्फत अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् ।
पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर प्लेअफ नजिक पुगेको छ ।
विराटनगरको अर्को खेल बुधबार लुम्बिनीसँग छ । १ मङ्सिरदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।


+ There are no comments
Add yours