१४ मंसिर, काठमाडौँ । रुपन्देहीको बुटवलमा अन्तर्राष्ट्रिय होटल चेन हायात अन्तर्गतको ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। नेपालमा हायात ब्रान्डको तेस्रो होटलका रूपमा खुलेको यस होटेलले आधुनिक यात्रुका आवश्यकता पूरा गर्ने उद्देश्यसहित सेवा सञ्चालन थालेको हो।
हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक र आरामदायी वातावरण, निःशुल्क वाइ(फाइ, २४ घण्टा उपलब्ध खानाका विकल्पजस्ता सुविधासँगै होटलले बिजनेस तथा लेजर दुवै खालका यात्रुहरूलाई लक्षित गरेको छ।
होटेलमा ३०० देखि ७७५ वर्गफिटसम्मका फराकिला किंग र ट्विन रुम तथा फरेस्ट–हिल भ्यू विकल्प उपलब्ध छन्। १,५६० वर्गफिटमा फैलिएको प्रेसिडेन्सियल सुइट यस होटलको प्रमुख आकर्षण बनेको छ, जसले उच्चस्तरीय बसाइ अनुभव प्रदान गर्छ। होटलमा १५० पाहुना अटाउने ग्रान्ड बलरूम तथा अन्य मिटिङ–इभेन्ट स्पेस पनि उपलब्ध छन्।
हायात प्लेस बुटवलमा १०९ फराकिला गेस्टरुम, ‘कोजी कर्नर’ सोफा(स्लिपर बेड, निःशुल्क तातो–चिसो ब्रेकफास्ट, २४ घण्टा खुल्ने ‘द मार्केट’, ‘जिङ बार’ मार्फत पेय पदार्थ सेवा, ‘नेसेसिटिज’ कार्यक्रममार्फत आवश्यक सामग्री उपलब्ध गराउने सुविधा, निःशुल्क वाइ(फाइ, स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र किड्स प्ले एरियाजस्ता सुविधाहरू समेटिएका छन्।
होटेलको सञ्चालन जिम्मेवारी जनरल म्यानेजर तुषार नगरले सम्हाल्नेछन् भने सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले होटलको बजार विस्तार तथा पाहुनासँगको समन्वयमा नेतृत्व गर्नेछन्।
“हामी हाम्रा पाहुनालाई उत्कृष्ट सेवा र सहज अनुभव प्रदान गर्न समर्पित छौँ,” जनरल म्यानेजर नगरले उद्घाटन समारोहमा भने, “बुटवलको मुटुमा अत्याधुनिक सेवा र आरामको संयोजन प्रस्तुत गर्दै हामी हरेक यात्रुको बसाइलाई विशेष बनाउने लक्ष्यमा छौँ।”
विश्वभर ४४० भन्दा बढी स्थानमा फैलिएको हायात प्लेस ब्रान्डले आधुनिक यात्रुको व्यस्त जीवनशैलीलाई ध्यानमा राखी २४ घण्टा उपलब्ध सुविधाहरू, फराकिला कोठा तथा खुला सामाजिक स्थान प्रदान गर्छ।
शिकागोस्थित मुख्यालयबाट सञ्चालन हुने हायात होटेल्स कर्पोरेसनले ८२ देशमा १,४५० भन्दा बढी होटेल तथा अल-इन्क्लुसिभ प्रोपर्टी सञ्चालन गरिरहेको छ, जसमा लक्जरीदेखि लाइफस्टाइल, इनक्लुसिभ, क्लासिक्स र एसेंशियल्स पोर्टफोलियोअन्तर्गतका थुप्रै ब्रान्डहरू समेटिएका छन्।


+ There are no comments
Add yours