Advertisement

दोस्रो ‘कौसी क्विन २०७८’ प्रतियोगिता हुने

0 1,713

Advertisement

१८ भदाै, काठमाडौँ । दोस्रो एनटिएस कौसी क्विन–२०७८ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि भदौ २० गतेसम्म समयसीमा तोकिएको छ । त्यस्तै यही भदौ २२ देखि आगामी असोज २० गतेसम्म भोटिङको समय हुनेछ भने फाइनल इभेन्ट आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ ।

प्रज्ञा क्रिएसन प्रालिद्वारा सञ्चालन गर्दै आइएको हलोखबर डटकमले गत वर्षजस्तै यस वर्ष पनि कौसी क्विन प्रतियोगिता गर्ने भएको हो । हलोखबर डटकम नेपालको कृषिसम्बन्धी समाचार सम्प्रेषण गर्ने अनलाइन हो । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवद्र्धन गर्ने उद्देश्य तथा कौसी खेती गरिरहेकालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले यस प्रतियोगिता सञ्चालन गर्दै आइएको हो । सहरी दिगोपन प्रवद्र्धनका लागि कौसीखेती यस वर्षको नारा रहेको छ ।

प्रथम वाग्मती प्रदेशस्तरीय कौसी क्विनको सफलतापश्चात् दोस्रो कौसी क्विन २०७८ प्रतियोगिता भने राष्ट्रव्यापी रुपमा नै आयोजना गरिने भएको हो । कौसीमा लगाइएको तरकारी तथा फलफूल खेती गर्नेहरु प्रतिस्पर्धामा सहभागी हुन सक्ने प्रज्ञान क्रियशन प्रालिका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिनुभयो । कौसीमा काम गर्दै गरेको फोटो र भिडियो पठाएर सहभागी हुने सम्पूर्णलाई कौसी खेतीमा काम लाग्ने रु एक हजार बराबरको सामग्रीसमेत प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुनका लागि सहभागीले कौसीमा रोपिएका तरकारी तथा फूलबारीमा काम गर्दै गरेका १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरको इमेल जबयिपजबदबच२नmबष्।िअयm मा पठाउनुपर्ने र सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले बताएका छन् । यस प्रतियोगिताका टाइटल विजेतालाई रु ५० हजार बराबरको ग्रिन हाउस प्रदान गरिनेछ ।

यसका साथै, फस्ट रनरअपले जनही रु २० हजार, सेकेन्ड रनरअपले रु १५ हजार तथा थर्ड रनरअपले जनही रु १० हजार बराबरको कौसी सामग्री पाउनेछन् । सहभागी सबैलाई रु एक हजार बराबरको सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको छ । यस कार्यक्रमको प्रमुख प्रयोजन नेपाल थोपा सिँचाइले गरेको छ । त्यसैगरी यस कार्यक्रममा नेपालस्थित इजरायली राजदूतावास र काठमाडौँ महानगरको समेत सहकार्य हुनेछ ।
नेपालस्थित इजरायली राजदूत खनान गोदार, काठमाडौँ महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, कृषि विज्ञ डा विष्णुप्रसाद चापागाई, गत वर्षको फूलतर्फकी विजेता डा नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी निर्णायक मण्डलमा रहनेछन् ।

कौसी खेतीमा भाग लिनेको फोटो हलोखबर डटकमको फेसबुक पेज र यूट्युब च्यानलमा पोस्ट गरिनेछ । सहभागीले बढीभन्दा बढी लाइक, शेयर र कमेन्ट गर्नुपर्नेछ र यसरी भएको सहभागिता र भोटिङबाट ६० प्रतिशत तथा ४० प्रतिशत नम्बर निर्णायक मण्डलले प्रदान गर्नेछन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.