Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

0 224

१८ भदौ, काठमाडौं । काठमाडौं- मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए ।

कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ ।

सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।

‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको क्षेत्र हो, त्यसैले यहाँ अनेक खालका चर्चा परिचर्चा हुनु स्वभाविक मानिन्छ, यद्यपी हामी गसिप चाहदैनौ, यस अर्थमा हामीले प्रतियोगितालाई मनोरन्जनको दृष्‍टिकोणबाट मात्र नहेरी आमा बनिसक्नु भएका नारी/ महिलाहरुको क्षमतालाई मुखरित गर्न, ग्रुमिङको अवसर दिलाउन प्लेटफर्म विकास गर्ने लक्ष्यका साथ अघि बढेका छौं’ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.