श्राद्ध कर्ताले दाह्री ,जूँगा र कपाल नखौरी श्राद्ध गरेमा के हुन्छ ?गुरुजी !भनि भक्तजनहरुको जिज्ञाषा भएकोले हामीहरुले पनि बुझ्नुपर्दछ।

०२ असोज, काठमाडौँ । 

क्षौरं निमित्तिकं कार्यं निषेधे सत्ययि ध्रुवम्।
पित्रादि मृतिदीक्षासु प्रायश्चितेsथतीर्थके।

अर्थात् – श्राद्धकर्ताले दाह्री ,जूँगा र कपाल खौरिनु पर्दछ , दाह्री ,जूँगा र कपाल खौरेर स्नानादिगरी श्राद्धगर्नु उचित हुन्छ।नगरे प्रायश्चित भोग्नु पर्दछ।

यानि कानि च पापानि ब्रह्महत्यासमानि च।
केशानाश्रित्य तिष्ठन्ति तस्मात् केशान् वपाम्यहम्।

जेजति पापहरू रहेका छन् ती सबै केशमा आएर बसेका छन्।ती ब्रह्महत्या समान रहेका पापहरू हटाई शरीरलाई पवित्र पार्नका लागि केशमुण्डन गर्दछु।

क्षौर कर्म बिना श्राद्धं य: करोति नराधम: ।
जलं च रुधिरं प्रोक्तं अन्नं बिष्टा समं बिदु:।।
(श्राद्ध कल्प)

क्षौर कर्म ( केश मुण्डन) नगरी जसले आफ्ना पितृको श्राद्ध गर्दछ उसले दिएको जल पितृवर्गहरुको लागि रगत समान हुन्छ र अन्न बिष्टा समान हुन्छ।

श्राद्ध गर्नुपूर्व यो मन्त्र जप्नाले पितृहरु खुसी हुनुभई सो कर्तालाई आशिर्वाद प्राप्त हुन्छ।

ॐ देवताभ्यः पितृभ्यश्च महायोगिभ्य एव च।
नमः स्वाहायै स्वधायै स्नित्यमेव नमो नमः ।।

पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours