नेप्से एआई नामक एपबाट विद्युतीय ठगी, एकै व्यक्तिको खाताबाट २९ लाख एकैचाटी गायब सावधानी अप्नाउन सीआईबीको अनुरोध

२७ साउन, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले नेप्से एआई नामक मोबाइल एल्लिकेसन मार्फत वित्तीय ठगीका घठनाहरु बढेको भन्दै सवैसाधारणलाई सचेत गराएको छ । सामाजिक सञ्जालमा सेयर बजारमा कृत्रिम बौद्धिकताको प्रयोग गरेर अत्याधिक नाफा कमाइदिने भ्रामक प्रचार गरी ठगहरुले सवैसाधारणको रकम लुटिरहेको ब्यूरोले जनाएको छ ।

ब्यूरोले मंगलबार जारी गरेको सुचनामा ठगहरुले फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालमा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई सेयर बजारको विश्लेषणबाट ठूलो नाफा हुने प्रलोभन देखाउने गरेका छन् । जब प्रयोगकर्ताले उक्त एप आफ्नो मोबाइलमा इन्स्टल गर्छन । ठगहरुले रिमोर्ट एक्सेस मार्फत पीडितको डिभाइस आफ्नो नियन्त्रणमा लिन्छन् । यसपछि पीडितको मोबाइलमा रहेको सम्पूर्ण डाटा र बैंकिङ्ग पहुँच प्राप्त गरी अन्यत्र ट्रान्फर गरेर ठगी गरेको पाइएको छ ।

ब्यूरोले वास्तविक घटनाको उदाहरणा दिएर भनेको छ । जोन डोले (नाम परिवर्तन) सामाजिक सञ्जाल फेसबुकमा देखेको विज्ञापनको भर परेर नेप्से एआई नामक एप डाउनलोड र इन्स्टल गरे एप इन्स्टल गरे पश्चात् उक्त एपमार्फत रिमोट सेसन खुल्नासाथ नीजके मौबाइलमा स्क्रिन केहि बेर ब्ल्यांक भयो । त्यही समयमा निजको विभिन्न बैंक खातामा भएको २९ लाख ५१ हजार अन्यत्र ट्रान्फर भएको र निजको मोबाइलमा रहेका सम्पूर्ण डाटा तथा एप्स समेत मेटाएको थियो ।

नेपालमा पछिल्लो समय अनलाइन प्रविधिमार्फत हुने ठगी र साइबर अपराधका घटनाहरु बढ्दै गएका घन् । सामाजिक सञ्जालको प्रयोग गरी हुने ठगीका घटनाहरु बढीरहेको हुँदा सचेत हुन अनुरोध गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours