२४ असार, काठमाडौं । बजारमा आँपको भाउ बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले बिहीबार आँपको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह र दसहरी आँप प्रतिकिलो थोकमा १०/१० रुपैयाँ बढेको छ ।
सोमबार मालदह र दसहरी आँप प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको थियो । आज दुवै आँप प्रतिकिलो १०० रुपैयाँमा किनबेच भइरहेको छ ।
असार दोस्रो साता मालदह आँप प्रतिकिलो ७६ रुपैयाँ र दसहरी आँप प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै जेठ दोस्रो साता आँप प्रतिकिलो २ सयदेखि १ सय ५० रुपैयाँसम्ममा कारोबार भएको थियो ।


+ There are no comments
Add yours