इरानका ६ विमानस्थलमा आक्रमण गरेको इजरायली सेनाको दाबी

०९ असार, काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ।

इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको छ । आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्‍याइएको छ।

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा यी आक्रमणहरू इरानको पश्चिमी, पूर्वी र केन्द्रीय क्षेत्रमा रहेका विमानस्थलहरूमा गरिएको थियो।

इजरायली सेनाले यसबाट रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको जिकिर गरेको छ ।

आईडीएफका अनुसार, ती हवाई आक्रमणमा एफ-१५ र एफ-५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच-१ कोब्रा आक्रमण हेलिकप्टरहरू पनि ध्वस्त पारिएका छन्।

इरानले हालसम्म यी आक्रमणहरूको पुष्टि गरेको छैन।

You May Also Like

More From Author

+ There are no comments

Add yours