०६ असार, काठमाडौँ । वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी)को लेबल लगाउन नपर्ने सम्बन्धमा लबिङ भएको सुचनामा राष्ट्रिय उपभोक्ता मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मञ्चले शुक्रबार विज्ञप्ती निकालेर सबै वस्तुमा अनिवार्य गरिएको एमआरपी हटाउन लागेको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघका अध्यक्ष प्रेमलाल महर्जन द्धारा हस्ताक्षरीत विज्ञप्तीमा ठुला व्यवसायीहरुको पक्षपोषण हुने गरि गर्न लागिएको निर्णयले आम उपभोक्ताको अधिकारको हनन भएको उल्लेख छ । यस्तै महासंघले एमआरपी नलगाउने विषयले बजारलाई स्वच्छ, उपभोक्तामुखी नबनाउने दावी गरिएको छ । यस्ता कानुनलाई कमजोर बनाउने कार्यले सुशासन कामय हुन नसक्ने जनाएको छ । एमआरपीको विषयलाई तत्काल लागु गरेर उपभोक्ताको हक सुरक्षित पार्न प्रधानमन्त्री र नेपाल सरकारलाई अपिल पनि गरेको छ ।
उपभोक्ता संरक्षण ऐन २०७४ मा वस्तुमा लाग्ने अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख गरेर अनिवर्य लेबल लगाउनु पर्ने व्यवस्था गरिएको छ ।


+ There are no comments
Add yours