Advertisement

महन्थ पक्षका ५ सांसद उपेन्द्र पक्षको बैठकमा

0 356

Advertisement

०२ साउन, काठमाडौं । फुटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) भित्रको समीकरणमा नयाँ विकासक्रम देखापरेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको निर्णयपछि फुटको डिलमा पुगेको जसपामा ओली सरकारको बहिर्गमनसँगै नयाँ परिदृष्य देखा परेको हो।

जसपामा अहिले महन्थ ठाकुर र राजेन्द्र महतो तथा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष गरी स्पष्ट दुई समूह विभाजित छन्। उनीहरुले आफूलाई आधिकारिक दाबी गरेपछि विवाद अहिले निर्वाचन आयोगमा विचाराधीन छ।

यही क्रममा महन्थ पक्षका सांसदहरु उपेन्द्र पक्षमा जान थालेका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा उपेन्द्र पक्ष सहभागी हुने भएपछि त्यसको असर जसपाभित्रको समीकरणमा देखिएको छ।

शनिबार महन्थ पक्षका पाँचजना सांसदहरु उनलाई छाडेर उपेन्द्र पक्षमा पुगेका छन्। उनीहरु शनिबार उपेन्द्र पक्षको संसदीय दलको अनौपचारिक बैठकमै सहभागी भएका छन्।

महन्थ पक्षमा रहेका सांसदहरु प्रमोद साह, रुही नाज, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आफ्नो पक्षको बैठकमा सहभागी भएको उपेन्द्र पक्षका नेता मोहम्मद इस्तियाक राईले बताए। उनले थप केही सांसद पनि आउने क्रममा रहेको बताए।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा बहुमतमा रहेको उपेन्द्र पक्षले निर्वाचन आयोगको विवाद सुल्झिनुअघि संसदीय दलमा पनि आफ्नो बहुमत पुर्‍याउने तयारी गरिरहेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.