Advertisement

भारतमा ७५ दिनयताकै सब भन्दा कम कोरोना सङ्क्रमित

0 648

Advertisement

०१ असार, एजेन्सी भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।

गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना सङ्क्रमितको कूुल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख ८० हजार ४७२ जना कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना शुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.