Advertisement

युट्युबमार्फत १५ करोड पटक हेरियो कुटुमा कुटु

0 942

Advertisement

२२ जेठ, काठमाडौं । डिजिटल प्लेटफर्मको युट्युबमा सर्वाधिक भ्युज कमाउन सफल भएको छ, “कुटुमा कुटु सुपारी दाना” । सन् २०१७ मा रिलिज भएको ‘कुटुमा कुटु’ बोलको गीतले दर्शकको भ्युजको रफ्तारलाई अहिले पनि छोडेको छैन।

गीतसंगीत मापन युट्युबमार्फत हुँदै आएको छ। हरेक गीतले प्राप्त गर्ने युट्युब भ्युजको आधारमा लोकप्रियता र सफलताको मापन गरिँदै आएको छ। दर्शक–श्र्रोताले रुचाएका गीतले छोटो समयमा करोडौं भ्युज पाउने गरेका छन्।

नेपाली चलचित्र ‘दुई रुपैयाँ’मा समावेश यो गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको छ। युट्युबमा १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत पनि बनेको छ।

यो गीत अहिले पनि हरेकजसो कार्यक्रममा बज्ने गरेको छ भने टिकटकमा लोकप्रिय बनिरहेको छ। राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजनराज शिवाकोटी, राजन ईशान र मेलिना राईले स्वर दिएका छन्। गीतको एरेन्जर राजन ईशानले गरेका छन्।

करिब ६ मिनेट लामो गीतमा चलचित्र दुई रुपैयाँकी नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.