Advertisement

नबिल बैंकका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा

0 21

Advertisement

२० जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्‍घाटन गरिएको हो।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्‍घाटन गरिएको हो।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका संचालक निर्वाण चौधरीले आठ वटा शाखाहरु उद्घाटन गरिएको हो। त्यस्तै गरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन्।  

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।

उद्घाटन गरिएका शाखा कार्यालयहरू देहायबमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल र सवल सुविधा लिन आग्रह गरिएको छ।

क्र.सप्रदेशनयाँ शाखा संख्याशाखाजिल्ला
1कोशी प्रदेशदिक्‍तेलखोटाङ
     
2मधेश प्रदेशविरगंज बाइपासपर्सा
   गरुडारौतहट
   कलैयाबारा
   गौशालामहोत्तरी
   बरथहवासर्लाही
   लालबन्दीसर्लाही
   कञ्चनपुरसप्तरी
   जलेश्‍वरमहोत्तरी
     
3बागमती प्रदेश१३प्रयाग पोखरीललितपुर
   नरेफाँटकाठमाडौं
   चापागाउँललितपुर
   भेडासिंहकाठमाडौं
   लाजिम्पाटकाठमाडौं
   बनस्थलीकाठमाडौं
   मच्छेगाँउकाठमाडौं
   धादिङ बेसीधादिङ
   फर्पिङकाठमाडौं
   बल्‍खुकाठमाडौं
   नैकापकाठमाडौं
   बौद्ध रामहिटीकाठमाडौं
   ठिमीभक्तपुर
     
4गण्डकी प्रदेशगल्कोटबाग्लुङ
   आबु खैरेनीतनहुँ
   अर्चलबोटकास्की
     
5लुम्बिनी प्रदेश१०लुम्बिनीरुपन्देही
   तौलिहवाकपिलवस्तु
   रामग्रामनवलपरासी पश्चिम
   गुलरियाबर्दिया
   फर्साटिकररुपन्देही
   बाणगंगाकपिलवस्तु
   तम्घासगुल्मी
   सुखानगररुपन्देही
   भानुभक्त चोक, न्युरोडबाँके
   नारायणपुरदाङ
     
6कर्णाली प्रदेशचन्दननाथजुम्ला
     
7सुदूरपश्‍चिम प्रदेशबोराडाँडीकैलाली
   अमरगडीडडेल्धुरा
  ३८  

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ। मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर  विस्तार  गरेको बैंकले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.