Advertisement

जनकनन्दनीमा पुनः मतगणना नगर्न उच्च अदालतको फैसला

0 13

Advertisement

३० बैशाख,जनकपुर। धनुषाको जनकनन्दनी गाउँपालिका ५ मा वडाध्यक्षको मत पुनः गणना नहुने भएको छ ।

उच्च अदालत जनकपुरधामले पुनः गणनाको माग गर्दै परेको मुद्दामा वादीको दावी नपुगेको फैसला सुनाएको हो । शुक्रबार न्यायाधीश डालकुमार खड्का र रेखा थापा पाण्डेको संयुक्त इजलासले त्यहाँको मत पुनः गणना नगर्ने फैसला सुनाएका छन् । यहाँ एक मतले जनता समाजवादी पार्टी (जसपा)का अशोक कुमार मण्डल निर्वाचित छन् भने नेपाली कांग्रेसका तनुकलाल कापरी पराजित छन् । पराजित भएपछि कापरीले ०७९ जेठ १६ गते उच्च अदालतमा पुनः मत गणनाको माग गर्दै मुद्दा दिएका थिए । मण्डल तीन सय ३० मत ल्याएर निर्वाचित भएका छन भने उनको निकटतम प्रतिद्धन्धी कापरीले तीन सय २९ मत मात्र प्राप्त गरेका थए । मुद्दा दिएको करिव एक वर्षपछि अदालतले फैसला सुनाएका छन् । मधेशमा करीब ५० वटा पुनः र निर्वाचन बदरको माग गर्दै मुद्दा दर्ता भएको छ । यसअघि उच्च अदालत जनकपुरधामले नै मलंगवाको एक वडाको पुनः मतगणना गर्ने फैसला सुनाएको थियो । तर, सर्वोच्चले उक्त फैसलालाई उल्टाएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.