Advertisement

सहकारीमा साइबर जोखिम घटाउन जीनव र क्रिप्टोजेनबीच सहकार्य

0 38

Advertisement

१८ बैशाख, काठमाडौं । सहकारी संघसंस्थामा हुने साइबर जोखिम व्यवस्थापन गर्न जीनव इन्क र क्रिप्टोजेन नेपालबीच सहकार्य भएको छ । जीनव सहकारी सफ्टवेयरमा र क्रिप्टोजेन साइबर सुरक्षामा काम गरिरहेको कम्पनी हो । सम्झौतामा जीनवका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजीव कर्ण र क्रिप्टोजेन नेपालका सीटीओ निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा सहकारी संस्थामा साइबर सुरक्षाको फ्रेमवर्क तयार पारेर साना साना जोखिमको पहिचान गरी सुरक्षित राख्न सघाउने उल्लेख छ । सहकारी संस्थामा विभिन्न प्रकारका साइबर आक्रमण रोक्न यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

नेपालमा साइबर आक्रमण बढिरहेको र त्यसमा सहकारी संस्था पनि जोखिममा रहेकाले सहकारी संघसंस्थालाई सेवा दिने उद्देश्यले क्रिप्टोजेनसँग सहकार्य गरेको जीनवका सीईओ कर्णले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.