Advertisement

चेल्सी र म्यान्चेष्टर सिटीबीचको फाइनल खेल पोर्चुगलको ड्रागन स्टेडियममा हुने

0 614

Advertisement

०२ जेष्ठ, एजेन्सी । काेरोना महामारीका कारण च्याम्पियन्स लिग–२०२१ को चेल्सी र म्यान्चेष्टर सिटी बीचको फाइनल खेल पोर्चुगलको व्यापारिक शहर तथा पूर्व च्याम्पियन लिग विजेता फुटबल क्लब पोर्तोको ड्रागन स्टेडियममा हुने भएको छ ।

यूईएफएले चेल्सी र म्यान्चेस्टर सिटीबीचको फाइनल खेल पोर्तोमा आयोजना गर्ने निर्णय गरेको हो । चेल्सी र मेन्चेस्टर सिटीले ६–६ हजार समर्थक÷दर्शकको उपस्थितिमा फाइनल खेल भिड्दैछन् ।

आगामी मे २९ मा स्थानीय समय राति २१ बजे सुरु हुने उक्त खेलमा कोरोनाका कारण ५० हजार दर्शक क्षमता भएको ड्रागन रंगशालामा १२ हजार दर्शकलाई मात्र टिकट बिक्रीको अनुमति दिइएको यूरोपेली फुटबल संघ यूईएफएले जनाएको छ ।

यूईएफए अध्यक्ष अलेक्सान्डर ईफेरिनले यूरो समाचारमा भनेका छन्, ‘फुटबल क्लब समर्थकहरूलाई खेलमा व्यक्तिगत रूपमा हेर्ने मौकाबाट बञ्चित नगर्नु । अन्य कुनै विकल्प थिएन र म खुशी छु कि यो सम्झौता भेटियो ।’

यूईएफएले विहीबार गरेको घोषणा अनुसार विहीबारदेखि नै बिक्रीका लागि टिकटहरू उपलब्ध गराएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.