Advertisement

जापानका थप तीन राज्यमा स्वास्थ्य सङ्कट घोषणा

0 546

Advertisement

०१ जेष्ठ, टोकियो । जापानले कोभिड–१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् ।

सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध–सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए ।

स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, “होक्काइडो, ओकायामा र हिरोशिमामा सङ्क्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ ।”

यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.