Advertisement

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रू ५८ करोड ९२ लाख खुद नाफा कमायो

0 1,036

Advertisement

१६ बैशाख, काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो ।

बिहीवार सार्वजनिक बैंकको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा भने रू. ४६ करोड ३२ लाख ५६ हजार रहेको छ । गत वर्षभन्दा शून्य दशमलव ६१ प्रतिशत बढी रू. ८३ करोड ५५ लाख ३९ हजार सञ्चालन नाफा गरेको बैंकको कुल सञ्चालन आम्दानी १ दशमलव शून्य ३ प्रतिशत बढी रू. ९३ करोड ७२ लाख १ हजार भएको छ ।

तेस्रो त्रैमाससम्म बैंकको अन्य विभिन्न कोष सहित जगेडा कोष रकम गत वर्षभन्दा ४५ दशमलव ९२ प्रतिशत बढी रू. २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रहेको छ । यस अवधिसम्म बैंकले गत वर्षभन्दा २३ दशमलव ७९ प्रतिशत बढी रू. ३० करोड ९४ लाख ६५ हजार निक्षेप संकलन गरेको छ ।

२७६ दशमलव ६३ प्रतिशत बढी रू. २ अर्ब १९ करोड ५६ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष यो अवधिसम्म बैंकले रू. २५ करोड निक्षेप संकलन गरेको थियो भने रू. ५८ करोड २९ लाख ६२ हजार कर्जा प्रवाह गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ७७ रहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.