बडादशैँको टीकाको दिन आज यस्तो रहनेछ मौसम

०४ कार्तिक, काठमाडौँ। बडादशैँको मुख्य दिन आज विजयादशमीमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली भू-भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours