आज दसैँ टिकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

०४ कार्तिक, काठमाडौँ। बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

आम नागरिकको सहज आवागमनका लागि भन्दै बस सेवा सञ्चालन गरेको जनाएको छ । सार्वजनिक यातायातको अभावमा हुने समयमा यात्रुलाई लक्षित गर्दै बस सेवा सञ्चालन गरिएको जनाएको छ ।

प्रहरीले आज पनि उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।

आज पहिलो सिफ्टको बस बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट सञ्चालन हुनेछ ।

अन्य रुटहरुमा

रुट नम्बर १ : नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर २ : नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै पुनः नक्साल फर्किनेछ ।

रुट नम्बर ३ : नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours