अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

१० असाेज, काठमाडौँ । काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेको छ ।

उपत्यकाको पानी निकास हुने प्रमुख क्षेत्र चोभार गल्छीमा समेत पानीको बहाव उच्च भएको छ । लगातार वर्षा भइरहेकाले नदी तथा खोला आसपासका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।

सम्बन्धित निकायले नदी तथा खोलाको जलस्तरमा निगरानी बढाउँदै जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेका छन्।

https://www.facebook.com/share/r/1THyRsciy8/

You May Also Like

More From Author

+ There are no comments

Add yours