ट्राफिक प्रहरीमाथिको दुर्ब्यबहार , कुशासनको उदाहरण !

०७ असाेज, काठमाडौँ । राज्यमा निरन्तर सर्बोपरि जिम्मेवारी निर्बाह गर्ने कुनै संयन्त्र छ भने त्यो प्रहरी हो ! कानून पालना गराउने मुख्य जिम्मेवारी निर्बाह गर्ने निकायका रूपमा पनि प्रहरीलाई लिइन्छ ।

कतै चोरी डकैतिका घटना भए प्रहरी खोजिन्छ, राज्यबिरूद्धका आतङ्ककारी क्रियाकलाप हुँदा अग्रमोर्चामा रहेर प्रहरीले नै लड्नुपर्छ , कतै बेवारिसे लास भेटिए त्यसको ब्यबस्थापन पनि प्रहरीले नै गर्नुपर्छ, कतै हुलदङ्गा भए प्रहरी पुग्नुपर्छ, कुनैपनि प्रकारको प्राकृतिक या अप्राकृतिक बिपत्ति आउदा प्रहरीले नै अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्छ , कसैका पारिवारिक देखि साध सीमानाका झगडामा पनि प्रहरी नै पुग्नुपर्छ, सवारी या अन्य प्रकारका दुर्घटना हुँदा पनि सबैभन्दा पहिले प्रहरी नै उद्धारक भएर देखापर्नुपर्छ , मन्त्रीसन्त्रीका सूरक्षामा पनि प्रहरी नै खट्नुपर्छ र सडकमा धुलो र धुवामा पौडी खेल्दै ट्राफिक ब्यबस्थापनको अहोरात्र जिम्मेवारी पनि प्रहरीले नै पुरा गर्नुपर्छ !

यसरी हरेक पाइलामा सेवा प्रहरीको खोजिन्छ, तर सबैभन्दा आक्रोश र अपमानको सामना पनि प्रहरीले नै गर्नु परिरहेको हुन्छ ! पछिल्लो समय ट्राफिक प्रहरीमाथिको दुर्ब्यबहारका घटना बढ्न थालेका छन । नेपालको सडक सबैभन्दा अराजक, असभ्य र अनुशासनहीन रहेको जानकारी नेपाली सभ्य समाजलाई मात्र नभएर संसारलाई थाहा छ । जथाभावी हर्न बजाएर, लेन मिचेर, बाया तर्फबाट ओभरटेक गरेर, उछिनपाछिन गर्दै गाडी कुदाएर, जेब्राक्रशमा समेत स्पिड बढाएर, निषेधित स्थानमा गाडी रोकेर या पार्किङ गरेर हाम्रो सडकले आफ्नो असभ्य ब्यबहार तथा अनुशासनहिनताको परिचय दिइरहेको छ । यस्तोमा ट्राफिक प्रहरीले अनुशासन कायम गराउन खोज्दा बारम्बार आक्रमण र हिंसाको सामना किन गर्नुपरिरहेको छ ? नियम कानूनको पालना गराउन खोज्दा प्रहरीलाई सहयोग पुर्र्याउनुको सट्टा किन प्रहरी माथि नै जाइलाग्ने गरिन्छ ?

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन खोज्दा हालै काठ्माडौमा दुई चालकले आफ्नो शरीरमा आगो लगाए ! सवारी चालकको अनुमतिपत्र नभएका अराजक ब्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन खोज्दा समेत असामाञ्य घटना हुन गयो । अनि हरेक घटनामा ट्राफिक प्रहरीलाई नै एकतर्फी दोषी देखाउने प्रयास हुँदै आएको छ । हाम्रो यस्तै ब्यबहारले हामी सडक अनुशासन कायम गर्नसक्छौ ? ट्राफिक प्रहरीले पनि हैरान भएर दुईदिन काम बन्द गरिदिए भने सडकमा कस्तो स्थिति उत्पन्न होला भन्ने हामीले सोचेका छौ ? सडक देशको ऐना हो र सभ्य सडकले मात्र सुशासनको सन्देश दिनसक्छ ! प्रहरीलाई अपमान, तिरष्कार र अबज्ञा गरेर देशमा न शान्ति, न सूरक्षा न सुशासनको कल्पना गर्न सकिन्छ , अलिकति त बिबेक प्रयोग गरौ न हो !

You May Also Like

More From Author

+ There are no comments

Add yours