भगवान वामन जयन्ती शास्त्रिय महत्व!

०६ असाेज, काठमाडौँ । मिती २०८३ साल असोज ७ गते बुधबार भाद्रशुक्लपक्ष द्वादशी तिथी राती ९ / १२ बजेसम्म त्यस उप्रान्त त्रयोदशी तिथी आरम्भ हुने भएकोले यो दिन वामन भगवानको जयन्ती हो।
पद्म पुराण वचन:

भाद्रे शुक्ल द्वादश्यां तु श्रवणे विष्णुरुद्भवः।
वामनाख्योऽवतारोऽयं जयन्ती तेन कथ्यते॥

अर्थ: भाद्र शुक्ल द्वादशीमा श्रवण नक्षत्रमा विष्णु वामन अवतारमा
प्रकट हुनुभयो, त्यसैले यसलाई जयन्ती भनिन्छ।
वामन को हुनुहुन्छ? ५ औं अवतार
दश अवतारमा ५ औं अवतार – वामन अवतार
पिता: कश्यप ऋषि
माता: अदिति
दाजु: इन्द्र (वामन कान्छो भएकाले उपेन्द्र पनि भनिन्छ)
श्रीमद्भागवत ८.१८.५:

वटुं ब्रह्मणं ब्रह्मवर्चसेन ज्वलन्तं श्रवणे व्यधात्।
वामनं ह्रस्वं हेम-वर्णं मेखलाजिन-दण्डवत्॥

अर्थ: ब्रह्म तेजले ज्वलन्त, ह्रस्व (छोटो), सुन जस्तो वर्ण भएको,
मेखला, मृगचर्म, दण्ड धारण गरेको बटुक ब्राह्मणको रूपमा प्रकट हुनुभयो।

वामन अवतार किन लिनुभयो? मुख्य कारण
श्रीमद्भागवत स्कन्ध ८, अध्याय १५-२३
राजा बलि – प्रह्लादका नाति, असुर भए पनि महान भक्त र दानी।
१०० अश्वमेध गरेर इन्द्रको सिंहासन जित्नुभयो।
देवता डराए, अदिति माताले पयोव्रत गर्नुभयो – १२ दिनसम्म
केवल दूध खाएर विष्णुको तपस्या।
विष्णु प्रसन्न भएर भन्नुभयो:
(भागवत ८.१७.२६):

तपसा भवत्या च अदिते! तुष्टोऽहं पुत्र-काम्यया।
पुत्रो भूत्वा तवैवाहं सहाय्यं करिष्ये सुरान्॥

अर्थ: हे अदिति! तिम्रो तपस्याले म प्रसन्न भएँ, म तिम्रो पुत्र भएर
देवताहरुको सहायता गर्नेछु।
कुन शास्त्रले के भन्छ?
क) श्रीमद्भागवत माहात्म्य:

वामनं पूजयेद् यस्तु भाद्रे शुक्ल द्वादशीदिने।
सर्व-यज्ञ-फलं प्राप्य विष्णुलोकं स गच्छति॥

अर्थ: जसले भाद्र शुक्ल द्वादशीमा वामन पूजा गर्छ, उसले सबै यज्ञको फल पाएर विष्णुलोक जान्छ।
ख) ब्रह्मवैवर्त पुराण:

वामन जयन्तीं यो वेत्ति वामनं च प्रपूजयेत्।
त्रिविक्रमस्य प्रसादेन मोक्षं प्राप्नोति निश्चितम्॥

अर्थ: वामन जयन्ती जानेर वामन पूजा गर्ने मान्छे त्रिविक्रमको कृपाले निश्चित मोक्ष पाउँछ।
ग) भविष्य पुराण – दान महत्व:

भाद्रे मासि सिते पक्षे द्वादश्यां वामनार्चनम्।
दानं च दीयते यत्तु तद् भवेद् अक्षयं फलम्॥

अर्थ: भाद्र शुक्ल द्वादशीमा वामन अर्चना गरेर जुन दान दिइन्छ, त्यो अक्षय फल दिन्छ।
घ) स्कन्द पुराण:

बलि-द्वारे तु भगवान् यदा तिष्ठति वामनः।
तदा तस्य अर्चनं कृत्वा बलि-राज्य-फलं लभेत्॥

अर्थ: बलिको द्वारमा भगवान वामन द्वारपाल भएर बस्नुहुन्छ, त्यस बेला पूजा गरे
बलि राजा जस्तै राज्य फल मिल्छ।
ङ) वामन पुराण (स्वयं वामनको पुराण):

वामनोऽहं तथा विष्णुः त्रिविक्रम इति स्मृतः।
मम जयन्तीं नरः कृत्वा पुनर्जन्म न विन्दति॥

अर्थ: म नै वामन, विष्णु, त्रिविक्रम हुँ, मेरो जयन्ती गर्ने मान्छे फेरि जन्म लिनुपर्दैन।

वामन जयन्ती पूजा विधि
१. भाद्र शुक्ल द्वादशी ,पूजा – श्रवण नक्षत्रमा गर्ने प्रात: ८ /४८ सम्ममा,
२. वामन भगवानको सानो मूर्ति – जनै, छाता, कमण्डलु सहित
३. पंचामृत स्नान र पुरूष सुक्त पढेर षोडशोपचार द्वारा पूजा गर्ने,
मुख्य मन्त्र:
ॐ वामनाय नमः। ॐ त्रिविक्रमाय नमः। ॐ उपेन्द्राय नमः।
गायत्री:

ॐ त्रिविक्रमाय विद्महे विश्वम्भराय धीमहि।
तन्नो वामनः प्रचोदयात्॥

दान: यस दिन चामल, दही,दाल, पैसा, वस्त्र,छाता, चप्पल दान गरे अक्षय फल हुने छ।

हिन्दू धार्मीक ग्रन्थका अनुसार भगवान विष्णूले स्वर्गका राजा देवराज ईन्द्रको हराएको राज्य फर्काउनको निमित्त र दैत्यराज बलीको उदार गर्नाको निमित्त वामन अवतार लिनुभएको थियो ।भगवान वामनले राजा बली सँग तिन पाउ (तिन पाईला भरको) भुमि दान मागेर आफ्नो रुपलाई बढाएर दुवै पाईलाले स्वर्ग र मर्त्य (पृथ्वी) पूरा गरी तेस्रो पाउ राख्न जमिन मागेर दैत्यराज बलीलाई संकटमा पार्नु भएको थियो।
हिन्दू शास्त्र अनुसार दैत्यराज बली भक्त प्रह्लादका नाति र विरोचनका छोरा थिए।भक्त प्रह्लादका बाबु हिरण्यकश्यपु थियो जसलाई मार्नको निमित्त भगवान विष्णूले नृसिँह अवतार लिनुभएको थियो।

हिरण्यकश्यपुलाई मारे पछि भक्त प्रह्लादलाई भगवान विष्णूले अब यो कुलमा जन्मेको मानिसको संहार गर्ने छैन भन्ने वाचा दिनु भएको थियो ।हिन्दू शुत्रानुसार राजा बलीलाई महान दानीको रुपमा लिइएको छ। दैत्यराज बलीले २ चोटी स्वर्गमा राज्य गरेको कुरा ग्रन्थहरुमा पाईएको छ।पहिले पटक राजा बलिले स्वर्गको राज्य गरिरहेको बेला भगवान बिष्णुले देवता र दानवहरुलाई समुन्द्र मथन गराउनु भएको थियो।आफुले कूर्म अवतार धारण गरेर मन्दराचल पर्वतलाई पिँठमा राख्नु भएको थियो।समुद्र मन्थनबाट निस्क्यो अमृतको कलश र त्यसपछी भएको यूद्धको समाप्ती पछि राजा बलीले पुन: स्वर्गको राज्य प्राप्तीकालागी दैत्यहरुका गुरु शुक्रचार्यको राय अनुशार भगवान शिवको तपस्या गरेका थिए शिवजीले पनि राजा बलीलाई पुन: स्वर्ग प्राप्तीको वर्दान दिएका थिए। यता इन्द्रलाई राज्य पदच्युतको श्राप दितीले दिएकी थिईन्।किन भने देवराज इन्द्रले दितीको गर्भबाट एक बलियो बालकले जन्म लिदैछ र पछि दैत्यहरुको पक्ष लिनेर सबै देवताको नास गर्ने छ थाह पाएर बालक वायूलाई गर्भमा नै नष्ट गर्न प्रयास गरेका थिए।तर दैव संयोग बालक बलवान भएका कारण इन्द्रले बालकलाई काटेर जतीवटा टुक्रा बनाए उतीवटै बालकहरु गर्भमा निर्माण हुन गए।अन्तमा देवराजको केही नचलेका कारण बालकहरुसँगै आफुपनी त्यसै गर्भबाट निस्केर माफी मागे।बालकहरु सबै ४९ वटा थिए जसलाई देवता हरुको श्रेणी दिएर ४९ वायु भनिन्छ।यसरी माफी मागे पनि दितीले इन्द्रलाई भ्रुण हत्यागर्ने प्रयास गरेकाले श्राप दिएकी थिईन्।

दैत्य बली दोस्रो पटक स्वर्गका राजा भएपछी देवताहरु संकटमा परेको देखेर देवताहरुकी आमा अदितीलाई दु:ख लाग्यो।एक दिन अदितीले आफ्ना पति कश्यप ऋषि सित यो कुरा राखिन्।तब कश्यप ऋषिले उनलाई भगवान विष्णूको तपश्या गर्ने सल्लाह दिए। अदितीले पनि पतिको सल्लाह अनुसार भगवान विष्णूको तपश्या गरिन्।एक दिन भगवान विष्णूले अदितीलाई दर्शन दिएर तपश्या गर्नाको कारण सोधे।अदितीले आफ्ना सन्तानहरुले दु:ख झेली रहेको र सौत

You May Also Like

More From Author

+ There are no comments

Add yours