०२ असाेज, काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।
यसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
पहाड र हिमालमा वर्षाको उच्च जोखिम
शुक्रबार दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ। तराईका बाँकी क्षेत्रमा भने आंशिक बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराईका केही र अन्य प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङ्गसहित वर्षा हुने महाशाखाले जनाएको छ।


+ There are no comments
Add yours