भाद्र महिना श्रवण।

०१ भदाै, काठमाडौँ ।
आज मिति २०८३ साल भाद्र १ गते सोमबार
सिंह, भाद्र संक्रान्ति रौद्रनाम संवत्सर:,दक्षिणायन ,वर्षाऋतु, श्रावणशुक्ल पंचमी तिथी वेलुका ६ / ५७ बजेसम्म त्यस उप्रान्त षष्ठी तिथी आरम्भ ,हस्ता नक्षत्र प्रात: ६ / ५२ बजेसम्म त्यस उप्रान्त चित्रा नक्षत्र ,साध्य योग बव करण,श्रीसूर्यनारायण भाद्र १ गते सोमबार राती ११ / २८ बजेबाट कर्कट राशि समापन गरेर सिंह राशिमा प्रवेश गर्नुहुनेछ।त्यसैले यो दिनलाई विष्णुपदी नाम गरेको संक्रान्ति भनिन्छ।यो महिनाको देवताको नाम हृषिकेश : ,देवीको नाम अपराजिता ,सूर्यको नाम यम : हो।यो दिन सिंह राशिमा सूर्य: कन्या राशिमा चन्द्र: र कर्कट राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको} गरेको फल प्राप्त हुनेछ ।

सोमबार संक्रान्ति परेको हुनाले दक्षिण बाट धेरै हावा चल्नेछ।खाद्यान्न र तरल वस्तुको मूल्य बढ्ने र व्यापारिले राम्रो नाफा कमाउने छन्।कतै वर्षा र बाढीले बालीनाली नोक्सान हुने,जनता र शासकबर्गको व्यवहारले संवेदनशिल अवस्थामा पुर्याउने साथै राष्ट्र उन्नतिकालागि सवै दलहरू एक भएर जानु राम्रो देखिन्छ।गाई,ब्राह्मणको पूजा र मंगल कार्यहरू हुने छ।माहामारी रोगले कृषिवालि कष्ट हुने ।
पं- बालमुकुन्द देवकोटा।

You May Also Like

More From Author

+ There are no comments

Add yours