चान-होम चक्रवात पूर्वी जापानमा प्रवेश

२८ साउन, टोकियो । पश्चिमतर्फ सर्दै गरेको चान-होम चक्रवात पूर्वी जापानी प्रान्त इबाराकीमा बुधबार अवतरण गरेको जापानको मौसम विज्ञान विभाग (जेएमए) ले जनाएको छ।

जापानमा चान–होम उल्लेखनीय रूपमा कमजोर भएको समयमा पनि मौसम विज्ञान विभागले यसको लामो प्रभावका कारण उत्तरपूर्वको तोहोकु क्षेत्र र टोकियो लगायत कान्टो कोसिन क्षेत्रका नदीहरूमा सम्भावित बाढीको चेतावनी जारी गरेको छ।

यस वर्षको १५औँ टाइफुन, पूर्वबाट पश्चिममा सर्दै टोकियोको उत्तरपूर्वको इबाराकी प्रान्तमा अवतरण गर्ने पहिलो चक्रवात भएको जेएमएले जनाएको छ। चक्रवातका कारण उत्तरपूर्वी जापानको इवाटे प्रान्तमा दुई जना, साथै इबाराकी प्रान्तमा चार जना र तोचिगी प्रान्तमा एक जना गरी सात जना घाइते भएको जिजी प्रेसले बुधबार आगो र प्रकोप व्यवस्थापन विभागलाई उधृत गर्दै जनाएको छ।

मौसम अधिकारीहरूले तोहोकु, टोकाईको मध्य क्षेत्र र पश्चिममा किन्की क्षेत्रमा २४ घण्टामा १२० मिमिसम्म वर्षा हुने अनुमान गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours