मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालको शिरमा

१६ साउन, काठमाडौँ । काठमाडौंमा शनिबार आयोजित मिस नेपाल–२०२६ को ग्राण्ड फिनालेमा दीपमाला ढकालले उपाधि जितेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् ।

द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल–२०२६ को ताज पहिरिएकी हुन् । आर्या निशान्तले मिस नेपाल इन्टरनेशनल–२०२६ र काशिश सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जितेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours