२० असार, काठमाडौँ । फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलमा कठिन जित निकालेपछि कप्तान मेसीले खेलमा तालमेल बिग्रिएको बताएका हुन् ।
२० असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केप भर्डेलाई राम्रोसँग दबाबमा राख्न नसकेको बताएका छन् ।
फिफा विश्वकप २०२६ को शनिबार बिहान भएको खेलमा कठिन जित निकालेपछि कप्तान मेसीले खेलमा तालमेल बिग्रिएको बताएका हुन् ।
‘मलाई लाग्छ हामीले उनीहरूलाई राम्रोसँग दबाबमा राख्न सकेनौँ । कतिपय अवस्थामा हाम्रा खेलाडीहरू बीचको दूरी अलि बढी नै थियो । जब हामी डिफेन्सिभ पिभोटबाट अघि बढ्न खोज्थ्यौँ, सेन्टर–ब्याकहरूका लागि त्यो दूरी निकै टाढा हुन्थ्यो र अन्ततः हाम्रो तालमेल अलिकति बिग्रियो,’ उनले भने ।
मेसीले खेलाडी मिलाउन नसक्दा केप भर्डेले बल नियन्त्रणमा राखिराखेको उल्लेख गरे । उनले भने, ‘उनीहरूसँग सधैँ एक जना अतिरिक्त खेलाडी हुन्थे किनभने हामीले सोही अनुसारको खेलाडी मिलाउन सकेनौँ । र त्यसैले उनीहरूले बल आफ्नो नियन्त्रणमा राखिराखे र हामीलाई दौडाइरहे । किनकि हामीले उनीहरूलाई सही तरिकाले दबाबमा राख्न सकेका थिएनौँ ।’


+ There are no comments
Add yours