आइभरी कोस्टलाई पराजित गर्दै नर्वे राउन्ड अफ १६ मा, ब्राजिलविरुद्ध खेल्ने, अब जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै होः हालान्ड

नर्वेले फिफा विश्वकपमा पहिलोपटक नकआउट चरणमा जित निकालेपछि हालान्डले यो इतिहास भएको बताएका हुन् ।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेपछि नर्वेका स्टाइकर एर्लिङ हालान्डले अद्भूत महसुस भइरहेको बताएका छन् ।

नर्वेले फिफा विश्वकपमा पहिलोपटक नकआउट चरणमा जित निकालेपछि हालान्डले यो इतिहास भएको बताएका हुन् ।

‘यो इतिहास हो, यो अद्भूत महसुस भइरहेको छ,’ स्ट्राइकर हालान्डले भने, ‘हामी २८ वर्षमा पहिलो पटक छनोट हुन सफल भयौं । समूह चरण पार गर्न सफल भयौं र अब अर्को चरणमा पुगेर न्युयोर्कमा ब्राजिलको सामना गर्न सफल भएका छौं ।’

जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हुने हालान्डले बताए । ‘यो अविश्वसनीय छ, त्यसैले अब जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हो । अब हामी बिना कुनै दबाब आनन्दका साथ खेल्न सक्छौं किन भने मलाई लाग्दैन कि हामीले यो भावना फेरि कहिल्यै पाउनेछौं,’ उनले भने ।

राउन्ड अफ ३२ मा आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको थियो । १–१ को बराबरी रहेको अवस्थामा हालान्डले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । हालान्डले जारी विश्वकपमा ५ गोल गरिसकेका छन् ।

फिफा विश्वकप, फिफा विश्वकप २०२६

You May Also Like

More From Author

+ There are no comments

Add yours