पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ

०२ असार, काठमाडौँ । म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ ।

​डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा उक्त खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । तर, अदालतले यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय गरेको हो ।

डा. मिश्रासहित विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका छन् । उनीहरूको प्रत्यक्ष संलग्नता नभएको भन्दै विशेष अदालतले सफाइ दिएका हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours