१५ वैशाख, काठमाडौँ । ‘ह्वाइट हाउस कोरेस्पोन्डेट्स डिनर’मा ‘गोली चलाउने’ व्यक्तिलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ।
बीबीसीका अनुसार ३१ वर्षीय कोल टोमस एलेनलाई सोमबार वासिङ्टन, डीसीको अदालतमा उपस्थित गराई हतियारसम्बन्धी दुई अभियोग पनि लगाइएको छ। तर उनले अदालतमा कुनै बयान दिएनन्।
उनले न्यायाधीशका प्रश्नका जवाफ सानो स्वरमा दिए र लगभग हरेक प्रश्नको जवाफमा ‘हो’ र ‘होइन’ मात्र भने।
दोषी ठहरिएमा उनलाई आजीवन कारावास हुन सक्छ।
गत शनिबार राति ह्वाइट हाउमा आयोजित संवाददाताहरूसँगथको डिनरमा उनले गोली चलाएको आरोप छ। घटनामा अमेरिकी गुप्तचर सेवा एक कर्मचारी घाइते भएका थिए।
गिरफ्तार गरिएका युवकले आफू मेकानिकल इन्जिनियर, खेल विकासकर्ता र शिक्षक भएको दाबी गरेका छन्। उनी टोरेन्स, क्यालिफोर्नियाका बासिन्दा हुन्।


+ There are no comments
Add yours