अब शनिबार–आइतबार बैंक बिदा, नयाँ कार्यालय समय लागू

२३ चैत, काठमाडौँ । सरकारले बिदा सम्बन्धी निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले बैंक बिदा तथा कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेकाे थियाे । सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले बैंक बिदा र कार्यालय समय सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।

जारी सूचनाअनुसार मंगलबार (चैत २३) देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। यससँगै कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म रहनेछ।

बैंकिङ कारोबार समय पनि नयाँ व्यवस्थाअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गरिएको छ। कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ बजेदेखि दिउँसाे ३ बजेसम्म रहने नेपाल राष्ट्र बैंकले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours