ज्योति विकास बैंकका ग्राहकहरुलाई ट्रान्क्वीलिटी स्पामा ३०% सम्मको विशेष छुट

०७ भदाै, काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलितट्रान्क्वीलिटी स्पामा बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ट्रान्क्वीलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, ट्रान्क्वीलिटी वायरलेस कार्ड धारक बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours