१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा भर्ना भएका छन् । उनी टिचिङ अस्पतालको ‘एनेक्स वान’ भवनस्थित ५०१ नम्बर बेडमा भर्ना भएका हुन् ।
मिर्गौला प्रत्यारोपणका बिरामी ओलीलाई आवश्यक रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।



+ There are no comments
Add yours