भारत सेमिफाइनलमा, फाइनल पुग्न इंग्ल्यान्डको सामना गर्ने

१८ फागुन, काठमाडौँ। सञ्जु सामसनको सानदार अविजित ९७ रनमा भारतले आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सुपर एट ग्रुप वानको निर्णायक खेलमा विजय हात पार्दै आयोजक भारत अन्तिम चारमा पुग्ने चौथो टोली बनेको हो ।

इडेन गार्डेनमा ६७ हजार घरलु दर्शक अगाडि सामसनले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध ५० बलको इनिङ्समा १२ चौका र ४ छक्का प्रहार गरेपछि भारतले १ सय ९६ रनको लक्ष्य ४ बल अगाडि नै १ सय ९९ रन बनाउदै पुरा गरेको थियो । अन्तिम ओभरमा विजयका लागि ७ चाहिने अवस्थामा सामसनले रोमारियो सेफर्डको बलमा क्रमशः छक्का र चौका प्रहार गरे ।

यस हारपछि वेस्ट इन्डिज भने बाहिरिएको छ । डिफेन्डिङ च्याम्पियन भारतले बिहीबार मुम्बईमा हुने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डले सुपर एट ग्रुप टुको सबै ३ खेल जितेको थियो । अर्को सेमिफाइनल बुधबार कोलकातामा दक्षिण अफ्रिका र न्युजिल्यान्डका बीच हुनेछ । फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

भारतले टस जितेपछि ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले अन्तिम ५ ओभरमा ७० रन जोड्दै ठुलो स्कोर बनाएको थियो । विजय लक्ष्य पछ्याउनेक्रममा भारतले सुरुआती २ विकेट गुमाएको थियो । ओपनर अभिषेक शर्मा र इशान किसन दुबै समान १० रनमा आउट भए । भारत ४१–२ स्थिति रहेको समयमा सामसनले कप्तान सूर्यकुमार यादव (१८) सँग तेस्रो विकेटमा ५८ रनको साझेदारी गरे । तिलक बर्माले १५ बलमा २७ रन बनाउदै सामसनसँग मिलेर १५ ओभरमा भारतको स्कोरलाई १४१–४ मा पुर्‍र्या । भारतलाई अझै ५५ रन आवश्यक रहेको समयमा हार्दिक पाण्ड्याले १७ रन जोडे ।

यसअघि जेसन होल्डर र रोभमन पोवेलले पाँचौं विकेटमा ७६ रनको अविजित साझेदारी गरे । वेस्ट इन्डिजले टी–२० कप्तान सेई होपसँगैं टेस्ट कप्तान रोस्टन चेजलाई ओपनिङमा पठाएर आश्चार्यजनक निर्णय गरेको थियो । यी दुईले ९ ओभर भित्र पहिलो विकेटमा ६८ रन जोडे । होप ३३ बल खेलि ३ चौका र १ छक्का प्रहार गरि ३२ रनमा आउट भए । चेजले २५ बल खेलि ५ चौका र १ छक्कासहित ४० रन जोडे ।

सिमरन हेटमायरले १२ बल खेलि १ चौका र २ छक्कासहित २७ रन बनाए । उनलाई जस्प्रित बुमराहले आउट गरेसँगैं भारत खेलमा हावी भएको थियो । तर पोवेलले १९ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३४ र होल्डरले २२ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ३७ रन बनाएर वेस्ट इन्डिजलाई राम्रो स्कोरमा उभ्याए । तर भारतले योक्रममा ३ क्याच छाडेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours