एलेना रिबकिनालाई अस्ट्रेलियन ओपनको उपाधि

१६ माघ, काठमाडौं । काजाकिस्तानकी २६ वर्षीया टेनिस खेलाडी एलेना रिबकिनाले अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्।

यो उनको दोस्रो प्रमुख उपाधि हो। उनले यसअघि २०२२ मा विम्बल्डन जितेकी थिइन्।

एलेनाले आफ्नी प्रतिद्वन्द्वी बेलारूसी एरिना साबालिन्कालाई हराउँदै उपाधि जितिन्।

“मेरा लागि केही भन्न धेरै गाह्रो छ। म एरिनालाई बधाई दिन चाहन्छु। मलाई आशा छ कि हामी भविष्यमा सँगै धेरै फाइनल खेल्नेछौँ‚” अस्ट्रेलियन ओपन जितेपछि एलेनाले भनिन्‚ “म मेरो टोलीलाई धन्यवाद दिन चाहन्छु। तपाईंबिना यो सम्भव हुने थिएन। म धेरै खुसी छु कि हामीले यो नतिजा हासिल गर्न सक्यौं।”

एलेनाले एरिना साबालिन्कालाई ४-६, ६-४, ४-६ ले पराजित गरिन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours