घ्यु,पुवाको महत्व यस्तो रहेको छ!

१५ माघ, काठमाडाैँ । आज २०८२ साल माघ १५ गते बिहिबार माघशुक्लपक्ष एकादशी तिथी भएकोले आजको दिन “माघमासे घृतं पुवा “ अर्थात माघ महिनामा घ्यु ,पुवा खाने दिन हो।पुवा मकै र चामलबाट बन्छ।हाम्रो आफ्नो भूमिमा चामल र मकै मुख्य अन्न भएकाले पुवा बनाउन गार्ह्रो छैन।आयुर्वेदले भनेको पनि छ¸

“यस्य देशस्य यो जन्तुस्तज्ज तस्सयोषध हितम्”

अर्थात् जो व्यक्ति जहाँ जन्मन्छ त्यो व्यक्तिका लागि त्यसै देशको माटोमा हुने अन्न र औषध हितकारी हुन्छ।आमाहरुले बनाउने गरेको पुवा दैनिक खानुपर्ने भन्ने होइन। यसलाई महिनामा १-२ पटक खानु र विशेष परिस्थिति सुत्केरी¸ बच्चाबच्चीहरु लामो समयदेखि रोगसँग लडिरहेका¸ स्टामिना कम भएका चोट-पटक लागेका व्यक्तिले आवश्यकता अनुसार खान सक्छन्।जसले यस्तो खाने गर्नु हुन्छ,उहाँको शरीर पुष्टि हुनेछ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours