माैसम पूर्वानुमान : देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

बिहान ५:४५ बजे कति देखियो काठमाडौँको न्यूनतम तापक्रम?

०६ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान ५:४५ बजे कति देखियो काठमाडौँको न्यूनतम तापक्रम?

काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको छ।

हिजो (सोमबार) भने यो समय काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे घटेर ४.५ डिग्री सेल्सियसमा झरेको थियो।

आज पनि आधिकारिक तापक्रमका लागि फेरि उक्त समय पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अघि बिहान सुरुवातमा लिइएको भन्दा थौरै घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

यस्तो थियो सोमबार तापक्रम सूची-

You May Also Like

More From Author

+ There are no comments

Add yours