रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, चाँदीको भाउ भने ऐतिहासिक उचाईमा

१४ पौष, काठमाडाैँ। कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको थियो भने आज ६ सयले घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours