घोराही सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२५ मंसिर, काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार (आज)सम्म कायम सेयरधनीहरुले मात्रै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको लाभांश प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ भने यो प्रस्ताव पारित गर्न पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ ।

साथै साधारणसभाले बोनस सेयर वितरण भएपछि कायम हुने पुँजीको आधारमा १ बराबर ०.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, ऋण अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours