एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

२५ मंसिर, काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।

लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो।

आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ। फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours