नारायणगढ–मुग्लिन सडक खण्डमा फसेका यात्रुका लागि निःशुल्क बस सेवा

०९ असाेज, चितवन। चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउनका लागि निःशुल्क बस सेवा थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले तुईन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणगढसम्म निशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिएका छन् । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाधान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको उनले बताए ।

पहिरो पन्छाउनका लागि नारायणगढतर्फबाट तीनवटा र मुग्लिनतर्फबाट दुईवटा मेशिन परिचालन गरिएको रिजालले जानकारी दिए ।। मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours