नेपाल टेलिकमको सीआरबीटी सेवा अनिश्चितकालका लागि स्थगित

१७ भदौ, काठमाडाैँ । नेपाल टेलिकमको ‘कलर रिङ ब्याक टोन’ (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ ।

टेलिकमले मंगलबार एक प्रेस नोट जारी गर्दै सेवामा समस्या उत्पन्न भएपछि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो । यथाशीघ्र समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेको कम्पनीले जानकारी गराएको छ ।

सेवा अवरुद्धका कारण ग्राहक वर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना पनि गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours