एप्पल कारप्लेमा अब च्याटजीपीटीसँग कुरा गर्न सकिने

२० चैत, काठमाडौँ । एप्पलले गत हप्ता आईओएस २६.४ जारी गर्दै कारप्लेमा तेस्रो–पक्ष एआई च्याटबटहरूको लागि समर्थन प्रस्तुत गरेको थियो। उक्त च्याटबटहरूका प्रदायकहरूले यो नयाँ कार्यक्षमतालाई समर्थन गर्न आफ्ना एपहरू अपडेट गर्नुपरेको बताएका थिए र यो अब च्याटजीपीटी सँग पनि त्यस्तै देखिएको छ।

कारप्ले मार्फत आफ्नो कारमा च्याटजीपीटीसँग कुराकानी गर्न चाहनेहरुका लागि यो सुविध अब उपलब्ध भएको छ। तर ड्राइभिङ गर्दा सुरक्षा महत्त्वपूर्ण हुने भएकोले आफ्नो कारमा च्याटजीपीटीसँग टेक्स्टमा कुराकानी गर्न नसकिने र केवल भ्वाइसमा कुराकानीहरू गर्न सकिने छ।

कुराकानीलाई अन–स्क्रिन बटनहरूमार्फत म्यूट गर्न र अन्त्य गर्न सकिने छ भने फेरि सुरु गर्नको लागि भने हालसालैका कुराकानीहरूको सूची पनि उपलब्ध हुनेछ। च्याटजीपीटीसँग कुराकानी सुरु गर्न “वेक” शब्द प्रयोग गर्न नसकिने र त्यसलाई खोल्न एपमा ट्याप गर्नुपर्ने एरिनाइभी डट कमले रिपोर्ट गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours