एससीटी युनियन पे कार्डवाहकलाई लबिम मल पार्किङमा छुट, अब प्रतिघण्टा मात्र १ रुपैयाँ

१७ भदाै, काठमाडौं । एससीटी युनियन पे कार्डवाहकले ललितपुर पुल्चोकस्थित लबिम मलमा प्रतिघण्टा १ रुपैयाँमा पार्किङ सुविधा पाउने भएका छन्।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र लबिम मलबीच यस सुविधा सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार एससीटी युनियन पे कार्डवाहकले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा ५ घण्टासम्म प्रतिघण्टा १ रुपैयाँका दरले पार्किङ सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो सुविधा लिन ग्राहकले पार्किङ शुल्क एससीटी युनियन पे कार्डबाट लबिम मलको पार्किङ रहेको पीओएस मेसिनमा भुक्तानी गर्नुपर्ने छ ।

एससीटीका अनुसार मंगलबारदेखि सुरु भएको यो सुविधा सेप्टेम्बरभरि लागु हुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours