वर्षा लिएर सक्रिय मनसुन, यी प्रदेशमा पानी पर्ने

१४ भदाै, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतर्फ र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसको प्रभावस्वरूप अहिले देशभर सामान्यतया बदली देखिएको छ ।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभर सामान्य बदली रहने विभागले अनुमान गरेको छ । यस क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, बागमती, गण्डकीसहितका अन्य पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना विभागले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours