नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिटबीच छुटसम्बन्धी सम्झौता

३ भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेड र ओम अध्याय रिट्रिट प्रा.लि.बीच सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले मकवानपुर जिल्लाको थाहा नगरपालिका–१३, बज्रबाराहीस्थित ओम अध्याय रिट्रिट रिसोर्टमा उपलब्ध हुने विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

यस सम्झौताले नेपाल बैंकसँग आवद्ध कर्मचारी, परिवार र ग्राहकलाई रिसोर्टका सेवाहरू उपयोग गर्दा थप सुविधा हुने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ओम अध्याय रिट्रिट प्रा.लिको तर्फबाट बिक्री निर्देशक सुजन अधिकारीले हस्ताक्षर गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours