बालेनलाई भारतका प्रधानमन्त्री मोदीले दिए बधाई

१३ चैत, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतका समकक्षी नरेन्द्र मोदीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

शुक्रबार एक्समार्फत मोदीले बालेनलाई नेपालका प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकोमा बधाई दिएका हुन् ।

उनले लेखेका छन् ‘श्री बालेन्द्र शाहज्यूलाई नेपालका प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा हार्दिक बधाई।तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वप्रति राखेको विश्वासको प्रतिबिम्ब हो। हाम्रा दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्‍याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न पाउने अपेक्षा गर्दछु।’

You May Also Like

More From Author

+ There are no comments

Add yours