उड्ने ट्याक्सी ‘ईभीटोल’ सार्वजनिक हुनु नेपालकै लागि गर्वको क्षण

०३ भदौ, काठमाडौँ । ‘नाडा अटो शो २०२५’ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरेका छन्।

दिपलको ईभी टोललाई प्रधानमन्त्री ओलीले आज सार्वजनिक गरेका हुन्। नेपालका लागि एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा उड्ने ट्याक्सी ल्याएको हो। उक्त ट्याक्सी अटो शोको मुख्य आकर्षण मध्येको एक हो ।

नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ (ईभीटोल) लाई नाडा अटो शोको प्रदर्शनीमा राखिएको हो।

नाडा अध्यक्ष करण चौधरीले नाडा शोमार्फत साउथ एसियामा नै पहिलो पटक दिपलको ‘ईभीटोल ट्याक्सी’ सार्वजनिक गरिएकामा सबैले गर्व गर्नुपर्ने बताए । उनले भने, ‘यो पाली नेपालमा पहिलो चोटी ह्यूमनोइड रोवर्ट प्रर्दशनीगरेका छौं । साउथ एसियामा नै पहिलो पटक दिपलको ईभीटोल उड्ने ट्याक्सीलाई सार्वजनिक गर्न पाएका छौं । यो मेरो लागि गर्वको क्षण हो । नेपालकै लागि गर्वको क्षण हो ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours