रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता

०२ भदौ, काठमाडौं । आगामी १७ कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् ।

२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

आयोग प्रवक्ता अर्यालका अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पेस नगरेका कारण उपनिर्वाचनका लागि अयोग्य ठहर भएको छ ।

हेर्नुहोस् आयोगमा दर्ता भएका दलहरूको नामावली :

You May Also Like

More From Author

+ There are no comments

Add yours